राष्ट्रपति विरुद्ध महोत्तरीमा बिरोध प्रदर्शन

  महोत्तरी, जलेश्वर । जनता समाजवादी पार्टी (जसपा)ले महोत्तरी सदरमुकाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ । नागरिकता विधेयक प्...

 

महोत्तरी, जलेश्वर । जनता समाजवादी पार्टी (जसपा)ले महोत्तरी सदरमुकाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जसपा महोत्तरीले राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो ।

जलेश्वरको विभिन्न भागमा जसपाका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीविरुद्ध नारा जुलुस प्रदर्शन गरे । नारा जुलुस पश्चात् राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएको छ ।

जसपा मधेस समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तर्गत आज राष्ट्रपति भण्डारीको पुत्ला जलाएको जसपा महोत्तरीका युवा नेता मनदीप सिंह ले बताएका छन् ।

जसपा मधेस समितिको आह्वानमा मधेसका अन्य जिल्लाहरूमा पनि राष्ट्रपति भण्डारीको कदमविरुद्ध प्रदर्शन तथा उनको पुत्ला जलाइएको छ ।







No comments