हाम्रो राजा आउँदैछन्

हाम्रो राजा आउँदैछन् ।  इतिहास पुनः लेख्ने छन्, हाम्रो राजा आउँदैछन्। जनताको आशा बोकी, नयाँ प्रभा फैलाउँदैछन्। गौरवशाली पन्ना फेरि, सुनौलो य...

हाम्रो राजा आउँदैछन्

 इतिहास पुनः लेख्ने छन्,

हाम्रो राजा आउँदैछन्।

जनताको आशा बोकी,

नयाँ प्रभा फैलाउँदैछन्।


गौरवशाली पन्ना फेरि,

सुनौलो युग अब लेखिन्छ।

वीर विरासत, धर्मको रक्षा,

राजसंस्था पुनः देखिन्छ।


संविधानले दिएको घाउ,

अब प्रेम र विश्वासले सिउनेछ।

सिंहासन होइन घमण्डको,

जनसेवा बाटो किन्नेछ।


हिन्दू राष्ट्र, सस्कृति जागोस्,

शान हाम्रो फेरि बाँकी नरोस्।

नेपाल हाम्रो नतमस्तक नहोस्,

स्वाभिमानको दीप फेरि बलोस्।


राजा होइन निरंकुशता,

तर प्राण होस् जनताको साता।

नेता होइन मातृभूमिको लाज,

सच्चा नेतृत्व चाहिन्छ आज।


इतिहास पुनः लेख्ने छन्,

हाम्रो राजा आउँदैछन्।

एक राष्ट्र, एक सपना बोकी,

स्वाभिमान जगाउँदैछन्।


जय देश 🚩जय नरेश 🇳🇵

No comments